अशिष्मा र विल्सनको शटबाट ‘अधकट्टी’को छायांकन सुरु



adhakatti

[dropcap][/dropcap]ञ्चार संस्था सञ्चालक, हल सञ्चालक तथा वितरक प्रदिप उदयले बनाउँदै गरेको चलचित्र ‘अधकट्टी’ सोमवारबाट छायांकनमा निस्किएको छ। सोमवार अशिष्मा नकर्मी र विल्सन बिक्रम राईले पहिलो शट दिएका हुन्। हाँस्यपरक हुने बताईएको सो चलचित्रलाई सञ्चारकर्मी सुव्रत आचार्यले ‘अधकट्टी’ निर्देशन गर्दैछन्।

‘अधकट्टी’मा बेरोजगार युवाको कथा समेटिने बताईएको छ। दैनिक देखिने, पढिने र सुनिने घटना काँचको पर्दामा कथाको स्वरुपमा चलचित्रमा उतारिने निर्देशक आचार्यले बताए। काठमाण्डौ र चितवनको सौराहमा ‘अधकट्टी’ छायांकन हुनेछ।

सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको छ। विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहने बताईएको छ। नायिका नम्रता श्रेष्ठ र नायक गजित बिष्टको पनि ‘केमियो रोल’ रहनेछ।

रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu