नेपाल र अष्ट्रेलिया एकैपटक रिलिज हुँदै ‘नाई नभन्नु ल -२’



nai-navannu-la-2

[dropcap][/dropcap]याँ बर्षको अवसरमा चैत २८ गते रिलिज हुने चलचित्र ‘नाई नभन्नु ल -२’ अब नेपालमा मात्र नभएर एकैसाथ अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ। एनआरएन अष्ट्रेलियाका प्रवक्ता समेत रहेका निर्माता दिनेश कुमार पोखरेलले अष्ट्रेलिया रिलिजको मेसो मिलाएका हुन्। सिड्नीको सिभिक थिएटरमा तीन दिनमा ६ शो गरिने बताईएको छ।

अष्ट्रेलिया बाहेक अमेरिकाको डिसी, टेक्सास र कोलोराडोमा पनि ‘नाई नभन्नु ल – २’ रिलिज हुनेछ। अमेरिकामा भने बैशाख दोश्रो साता मात्र रिलिज हुनेछ। अमेरिकामा रहेका सो चलचित्रका कलाकार सरोज खनालले प्रदर्शनको मेसो मिलाएका हुन्। अष्ट्रेलियाकै अन्य दश शहरमा समेत यो चलचित्र रिलिज हुने बताईएको छ।

प्रदर्शन पहिले नै चर्चा बटुल्न सफल चलचित्र ‘नाई नभन्नु ल-‍२’ धेरै दर्शकको मन मनमा बस्न सफल हुने अपेक्षा गरिएको छ । यो चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईबीचको बालप्रेमलाई देख्न सकिनेछ भने चलचित्रमा जिवन लुईंटेल प्रियंका कार्की अनि सुरजसिंह ठकुरीबीचको माया प्रेमको कुराहरु पनि प्रस्तुत छन ।

चलचित्रमा सरोज खनाल, बर्षा सिवाकोटी र सिताराम कट्टेल (धुर्मुस) पनि प्रमुख भुमिकामा देखिनेछन । निर्देशक आचार्य सँगै दिनेश कुमार पोखरेलले लगानी गरेको यो चलचित्र ‘नाइ नभन्नु ल-२’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu