रेखा विरुद्दको श्याम भट्टराईको उजुरी न्यायिक समितीमा



rekha-shyam[dropcap]ना[/dropcap]यिका रेखा थापा र श्याम भट्टराईको विवाद उत्कर्षमा पुगेको छ। एकपछि अर्को गर्दै आरोप-प्रत्यारोपमा उत्रिएका यिनिहरुको विवाद उजुरी सम्म पुगेको छ। न्याय माग्दै भट्टराईले चलचित्र निर्देशक समाजमा उजुरी दिएका छन्। समाजका कोषाध्यक्ष तथा न्यायिक समितीका सदस्य सुमन दाहालका अनुसार समाजले समितीलाई सो मुद्दाको जिम्मेवारी सुम्पेको छ।
आफुलाई गालीगलौज गर्दै नायिका तथा निर्मात्री थापाले निर्देशकको अपमान गरेको भन्दै भट्टराईले उजुरी दिएका हुन्। सो बिषयमा मंगलवार न्यायिक समितीले छलफल गर्ने दाहालले बताए। उजुरी दिने भट्टराई निर्देशक समाजका सचिव हुन्। सुदुरपश्चिममा छायांकन भईरहेको चलचित्र ‘हिम्मतवाली’को छायांकन नसकिँदै निर्देशक भट्टराई काठमाण्डौ फर्केका थिए। केहि दिन चुप रहेका भट्टराईलाई रेखाले बिरामी परेर उपचारलाई पठाई आफुले चलचित्र निर्देशन गरिरहेको खबर मिडियासामु पुर्‍याएपछि भट्टराई आक्रोश व्यक्त गर्दै विज्ञप्ती निकाली रेखाले झुट बोल्दै आफ्नो अपमान गरेको बताएका थिए।

त्यसलगत्तै रेखाले आफ्नो फेसबुक मार्फत श्यामको पेशा जोगाईदिन बिरामी परेको बताएको र श्यामको स्तर स्पटव्यायको भन्दा पनि तल्लो रहेको बताउँदै छायांकन सुरु भएको दुई दिनमै निकालेको र श्यामले गरेको काम पुनः गरिरहेको प्रतिक्रिया दिएकी थिइन्। श्यामले निर्देशक समाजले गरेको निर्णय स्विकार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu