रहस्यमय चलचित्र ‘आवरण’ जेठ २ मा आउने



aawaran

[dropcap]वा[/dropcap]स्तविकता भित्र पनि अर्को वास्तविकता हुन्छ भने झैं ‘हामीले देखेको सत्यको अगाडी नै हुने अनेकन बिम्ब प्रतिबिम्ब जस्तै जीवनका अनेकन भोगाई, रहस्य लगायतलाई चित्रण गरेर तयार चलचित्र ‘आवरण’ आउँदो जेष्ठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको रिलिज मिती सार्वजनिक गरिनुको साथै प्रोमो तथा गीत देखाईयो।

चलचित्रमा मानव जीवनको आरोह अवरोहका अनेकन पाटोहरुलाई रोमाञ्चित ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक सुवास कोईरालाले जानकारी दिए । यो चलचित्रलाई ‘एअर क्रियु प्रोडक्सन’ को प्रस्तुतीमा अनिल योञ्जनले निर्माण गरेका हुन् । निर्माता अनिलकै कथा रहेको यो चलचित्र ‘आवरण’मा प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, राजन ईशान, नरेश पौडेल, सुनिता ठाकुर, रश्मी भट्ट, सिमोन जङ्ग मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

aawaran1

हरी हुमागाईंले खिचेको यो चलचित्रलाई वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन् । चलचित्र ‘आवरण’को सम्पादन भने हिमाल जोशी र राजेश शाहले गरेका हुन् । गगन श्रेष्ठ प्रोडक्शन म्यानेजर रहेको यो चलचित्रमा संगीत स्वपनिल शर्मा, बाबु बोगटी, कसम नेपाल, शैलेन्द्र सिंह, शैलेश श्रेष्ठको रहेको छ भने चलचित्रमा समावेश गीतमा स्वर नायिका प्रियंका कार्कीको साथमा यमवुद्ध, सुजिता गुरुङ, बाबु बोगटी, हेमन्त रानाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu