राजेश हमालको तारिफले फाईटर हेमा मख्ख



hasiya-audio1

[dropcap][/dropcap]इतवार राजधानीमा नेपाली चलचित्र ‘हँसिया’को अडियो गीत तथा प्रोमो सार्वजनिक गरिएको छ। जेठ ९ गते रिलिज हुने बताईएको यो चलचित्रमा नायिका हेमा श्रेष्ठले १३७ जनाँ फाईटरसँग एक्लै लडेकी छिन्। यहि कुराले सोहि चलचित्रका नायक राजेश हमाललाई प्रभावित पारेको रहेछ। कार्यक्रममा हमालले आफ्नो भुमिकाको भन्दा बढि नायिका हेमाको तारिफ गरेरै बिताए।

जटिल द्वन्द्वका दृश्यमा हेमाले नपत्याउँदो तवरले फाईट गरेपछि उनि दंग परेका थिए। हेमाले निकै राम्रो काम गरेको बताउँदै हमालले हेमाबाट नेपाली चलचित्रले धेरै नै पाउन सक्ने बताए। यो चलचित्र नारी प्रधान छ। यो चलचित्रकी मुख्य पात्र नै हेमा हुन्। उनि तेक्वान्दोको थर्ड डन समेत हुन्। कार्यक्रममा हेमाले सुरुमा सजिलो लागेपनि काम गर्दै जाँदा सोचेजस्तो सजिलो नभएको र सबैको साथले काम गर्न भने सफल भएको बताईन्।

यसअघि यो चलचित्रको आइटम गीत सार्वजनिक भईसकेको छ। ठुलोपर्दा डटकमसँग कुरा गर्दै  निर्देशक मिलन चाम्सले प्रोमो सञ्चारकर्मीलाई देखाईएपनि सार्वजनिक रुपमा भने केहि दिनमा मात्रै देखाउने बताए। दुर्गा घले निर्माता रहेको यो चलचित्रमा एक करोड पन्ध्र लाख लगानी रहेको बताईएको छ। चलचित्रलाई ९३ दिनसम्म छायांकन गरिएको थियो।

‘हँसिया’मा राजेश हमाल, हेमा श्रेष्ठ, अनुप बिक्रम शाही, रुबी राना, विशाल ढुंगाना, आलोक कार्की लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu