सिजेएमसीले चौथोपटक नेपालमा अफ्रिकी फिल्मको स्वाद दिने



african-film

अनिल यादव। फरक किसिमका फिल्म हेरेर फरक स्वादका लिन चाहानेका लागि खुसीको खबर छ । आगामी जेठ दोस्रो साताबाट राजधानीमा नेपाल अफ्रिका फिल्म फेस्टिभल हुने भएको छ ।

विगत डेढ दशक देखी आमसंचार तथा पत्रकारिताको अध्यापन गराउदै आएको कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले ‘चौथो नेपाल अफ्रिका फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको गर्दै छ । कलेजले प्रेस विज्ञप्ती जारी गर्दै आगामी जेठ महिनाको ९ देखि जेठ ११ गते (२३–२५ मे)  सम्म राजधानीको रसियन कल्चरल सेन्टरमा फेस्टिभल गर्ने जानकारी गराएको हो।

कलेजले सन् २०११ देखि नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना गर्दै आइरहेको छ। संस्कृति आदान प्रदान तथा बिकासका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यले फेस्टिभलको थालनी गरिएको हो। ‘दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन फेस्टिभल महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ।

कलेजकी स्थापक प्रिन्सिपल डा. मन्जु मिश्रले अफ्रिकाका कुटनीतिज्ञहरुले यसप्रति राम्रो प्रतिक्रिया जनाएकोले यो फेस्टिभललाई निरन्तरता दिने आफ्नो फेसबुक पेजमा उल्लेख गरेकी छन् । ‘फेस्टिवलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्दछन्,’ विज्ञप्तीमा भनिएको छ।

फेस्टिभलमा मदर अफ जर्ज, नाइजेरियन गर्ल, मिस्टर बोन्स एटी, द गु्रम्स् व्राइड, वार वीच कंगो, विनी मण्डेला लगातका अन्य अफ्रिकी फिल्मका साथै केही नेपाली फिल्म समेत प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu