‘दमदार’ प्रेस मिटमा ‘जोडदार’ घोषणा



अनिल यादव, काठमाण्डौ।
damdar-audio-launch

[dropcap]‘ए[/dropcap]क काम दो शिकार’ को फर्मुलालाई लागु गर्न नेपाली चलचित्रकर्मीहरु माहिर छन् । आईतवार राजधानीमा आयोजित चलचित्र ‘दमदार’ को अडियो तथा प्रोमा सार्वजनिक समारोहमा निर्देशक तथा संगितकार कमल कृष्ण पौड्याल यसकै एक उदाहरण बने । कार्यक्रमको शुरुवातमा कमलकृष्णले आज यसै कार्यक्रमबाट एउटा घोषणा गर्दैछन् भन्ने सुचना बाहिर आएपछि पत्रकारहरु त्यसकै पखाईमा थिए । तर त्यो पर्खाइ सकिँदा मात्र थाहा भयो कमलकृष्णले सोही कार्यक्रमबाट आफ्नो आगामी चलचित्र ‘जोडदार’ को घोषणा गर्दै ‘डबल’ फाइदा लिन लागेछन् भन्ने कुरा ।

कमलकृष्णले ‘जोडदार’ मा अमित श्रेष्ठ, अभय चन्द, प्रज्ज्वल गिरी र जयना कुवँरको अभिनय रहने घोषणा गर्दे अन्य दुई हिरोइनको खोजीमा रहेको पनि बताए । वैशाख २६ मा रिलिज हुन लागेको ‘दमदार’ र रिलिजको घोषणा भएको ‘जोडदार’ दुवैका निर्माता सुमन बिष्ट नै रहने पनि जानकारी दिइयो । कार्यक्रममा एक्सनप्रधान चलचित्र ‘दमदार’ को प्रोमो र अडियो सार्वजनिक गरिएको थियो ।

damdar-audio-launch1
प्रोमो सार्वजनिक भएपछि कार्यक्रममा सहभागी चलचित्रकर्मी तथा पत्रकारहरुले खुलेरै यसको तारिफ गरेका थिए । प्रोमो जस्तै चलचित्र बनेको रहेछ भने नेपाली सिनेनगरीमा यसले ‘दमदार’ व्यापार गर्नुपर्ने सहभागीको भनाई थियो । ‘दमदार’ ले नेपाल प्रहरी भित्र घटिने घटनालाई समेटेको बताइएको छ । चर्चित नेपाली नायिका रेखा थापा, सबिन श्रेष्ठ, कमलकृष्ण र बासु पुडासैनीको मुख्य अभिनय रहेको यस चलचित्रको छायंकन काठमाण्डौ, झापा र भारतको सिलगुडीमा भएको हो ।

यस चलचित्रमा चन्द्र पन्तको द्धन्दनिर्देशन,नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन, कमलकृष्णको संगीत तथा श्रीराम महतको सम्पादन रहेको छ । पछिल्लो समय मोडलिङवाट चलचित्रमा छाउन थालेकी ‘हट आइटम डान्सर’ अर्चना देलालको यस चलचित्रमा एक आइटम डान्स समेत रहेको छ । उक्त डान्स र गीतले नेपाली सिनेनगरी तताउने निर्माण पक्षको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu