यसरी अमर बने निर्देशक शिव रेग्मी | भिडियो



[dropcap][/dropcap]निन्छ, सृनजा कहिल्यै मर्दैन । प्राणीको पार्थिव शरीर निश्चित समयपछी पृथ्वीबाट बिदा भएपनि उक्त व्यक्तिको कला, सृजना पुस्तौं पुस्तासम्म जिवितै रहन्छ । यो नेपाली रजतपटमा सबैसँग राम्रो छवि बनेका निर्देशक शिव रेग्मी अहिले हाम्रो माझ नभएपनि उनका सृजनाहरुले कसैलाई पनि उनी यो पृथ्वीमा छैनन् भन्ने भान गराउँदैन ।

रेग्मीको मृत्युपरान्त एक कार्यक्रममा स्व. रेग्मीका समकक्षी लेखक तथा निर्देशक, अत्यन्तै मिल्ने साथी विकास आचार्यले भनेका थिए, ‘शिव रेग्मी मेरो साथी हुनुहुन्छ’ । अन्यले यो कुरा स्विकारेनन् किनकी रेग्मीको निधन भएको महिनौँ भईसकेको छ । तर आचार्यले स्विकार्न बाध्य तुल्याए । उनले जवाफ दिए, ‘भौतिक शरिरको हो देहान्त भयो, उहाँको विचार कहिल्यै मर्नेछैन, त्यसैले उहाँ मेरो साथी हुनुहुन्छ’ । आचार्यको नजरमा मात्र उहाँ साथि होइन, हरेकको नजरमा हुनेछन् । दर्शकले कहिल्यै बिर्सनेछैनन् जसले उनिहरुलै बोली बोल्दथे । संयोगवश रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ र आचार्य निर्देशित ‘नाई नभन्नु ल २’ एकै दिन चैत २८ मा रिलिज हुँदैछन् ।

shiva-dai-biography

निर्देशक स्व. रेग्मीको निर्देशनमा तयार यो अन्तिम चलचित्र प्रदर्शनको मिती नजिक आउँदा यो चलचित्रको युनिटले सार्वजनिक गरेको रेग्मीको जीवनीमा सम्बन्धित बायोग्राफी हेरेपछी जो कोही लाई पनि उनी हामीमाझ छैनन् भन्ने पटकै नलाग्न सक्छ । केहि समय पहिले रेग्मिकै सम्मानमा चलचित्र पुरस्कार स्थापना गरेको यो चलचित्रको निर्माण युनिटले पुन: आफ्नो निर्देशकको सम्झना झल्काउने बायोग्राफी तयार गरेको हो ।

उक्त बायोग्राफी समिक्षक तथा पत्रकार डा. प्रदीप भट्टराईको स्क्रिप्टमा तयार भएको हो भने ‘न्यारेशन’ नेपाली चलचित्र क्षेत्रका मुर्धन्य व्यक्तित्व बरिष्ठ चलचित्रकर्मी नीर शाहले दिएका छन् । करिब सवा पाँच मिनेट लामो यो बायोग्राफिमा शिव रेग्मीको निर्देशनमा तयार पहिलो चलचित्र ‘आफन्त’ देखी ‘पराई’ तथा ‘मनले मनलाई छुन्छ’ सम्म आउँदाको समयको कुराहरुलाई देखाउन खोजिएको छ ।

चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रदर्शनको दिन २८ पछी चलचित्र प्रदर्शनको समयमा नै हलमा सुरुमा यो बायोग्राफी देखाउने निर्माता तथा कलाकार बिरेन श्रेष्ठले जाकारी दिए । यो चलचित्रमा बिरेनसँगै नायिका गारिमा पन्त मुख्य भुमिकामा छिन् ।

स्व. रेगमीको बायोग्राफी हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu