ओफा अवार्डमा लाईफटाईम अचिभमेन्ट अवार्ड निर्देशक स्व. शिव रेग्मीलाई



jiwan-and-ashisma

ठुलोपर्दा डटकम, काठमाडौं । ‘अनलाइन फिल्मीखबर पपुलर अवार्ड २०७१’ मा लाईफटाईम अचिभ्मेन्ट अवार्ड निर्देशक स्व. शिव रेग्मीलाई प्रदान गरिने भएको छ । बिहिवार राजधानीमा आयोजित उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीलाई प्रमाण पत्र वितरण कार्यक्रममा लाईफटाईम अचिभ्मेन्ट अवार्ड स्व. निर्देशक रेग्मीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

juwan-and-suman-gaire

कार्यक्रममा नायिका करिश्मा मानन्धर, निर्माता संघका अध्यक्ष राजकुमार राई, हाँस्य कलाकार दिपकराज गिरी, चलचित्र पत्रकार संघका अध्यक्ष सान्तिप्रिय, ओफा प्रमुख सुमन गैरे लगायतले प्रतिस्पर्धीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यही जेठ २६ गते प्रज्ञा भवनमा आयोजना हुन लागेको ओफा अवार्डमा विभिन्न १७ विधा समावेश छन । भने यी विधासँगै क्रिटिक्स अवार्ड र मोफसलमा सञ्चालित हल मध्ये उत्कृष्ट एक हललाई पनि सम्मान गरिनेछ ।

anubhav-and-sujyani

ओफा अवार्डमा विभिन्न आर्कषक प्रस्तुती रहनेछन् । ‘नाईं नभन्नू २’ को बाल जोडी अनुभव रेग्मी र सुज्ञानी भट्टराई, ‘नाईं नभन्नू ल २’ कै नव अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता यशराज गराच एवं अभिनेत्री प्रियंका कार्कीको आर्कषक सोलो नृत्यलाई पनि ओफामा देख्न सकिनेछ । अवार्ड वितरण समारोहको न्यूज २४ टेलिभिजनबाट र काठमाडौं तथा मोफसलका बिभिन्न जिल्लाका रेडियो स्टेशनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu