राजेश हमाल पछि श्रीकृष्णको पालो, स्वेतासँग लगन जुराउँदै



kohinoor-shree-&-sweta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजेश हमालले बिहे नगरी आफुले पनि नगर्ने बताउँदै उमेर ढल्काउँदै बसेका नायक श्रीकृष्ण श्रेष्ठले बिवाह गर्ने भएका छन् । उनले नायिका स्वेता खड्कासँग लगन जुराउने भएका हुन् । जतिबेला ‘कहाँ भेटिएला’ चलचित्र बन्यो त्यतिबेला देखी नै श्री-स्वेताको जोडी जमेको थियो ।

स्वेता स्टारर सोहि एक चलचित्र मात्र रिलिज भएको छ । दोश्रो चलचित्रको श्रीकृष्णको होम प्रोडक्शनमा ‘कोहिनुर’ रिलिजको क्रममा छ । जसमा श्री-स्वेताको नै जोडी छ ।

स्वेतासँग लामो समयदेखी काम गरेको र व्यापार पनि साथै गरेकोले सबै कुरा मिल्न आएको श्रीकृष्ण बताउँछन् । एक अनलाइन पोर्टलसँग कुरा गर्दै श्रीले यसै बर्षभित्र हुन लागेको बिवाह सामान्यरूपमा सम्पन्न गर्ने बताएका छन् ।

‘कोहिनुर’ प्रदर्शनको आसपासमा बिहे हुने योजना श्रीले बनाएका छन् । साउन २३ मा ‘कोहिनुर’ प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu