डेनमार्कमा नेपाली ‘लभ नम्वर’ खोजिने



love-number

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्माता सुनिल रावल यस्ता भाग्यमानी निर्माता हुन् जसले चलचित्रमा हात हालेदेखी पछाडी फर्किनु परेको छैन । उनले ‘सायद’ बनाए ब्लकबस्टर नै भयो । उत्कृष्ट चलचित्र सहित कैयन अवार्ड हात परे । अर्को चलचित्र ‘होस्टेल’ बनाए ‘सायद’ भन्दा केहि बढि नै सफल बन्यो । उनले नयाँ कलाकारलाइ विश्वास गरे त्यसमा पनि सफल ठहरिए ।

mariska-khadka

यतिबेला सुनिलको ब्यानर दुर्गिश फिल्मस्‍ले ‘लभ नम्बर’ बनाउँदैछ । जसमा सुनिलको इकल लगानी छ । यो चलचित्रले पनि भाग्यमानी संकेत देखाईसकेको छ । सुनिलले ठुलोपर्दा डटकमलाई बताए अनुसार ‘लभ नम्बर’का लागि डेनमार्कमा सुटिंग अनुमति प्राप्त भएको छ । जुलाई २५ देखि अगस्त १० सम्म लिटिल मार्मोड, वाकिङ स्ट्रिट, नरेब्रो हेलेन, रोदी घर फेमिली डिस्कोलगायतका स्थानमा छायांकनको लागि अनुमति प्राप्त भएको उनले बताए ।

love-number1

डेनमार्कको छांयाकनको लागि पूर्ण बन्धनले व्यबस्थापन गरेका छन् । निर्माता स्वयं सहित नव-नायक आयुष्मान जोशी, निर्देशक सुरज भुसाल, मरिश्का खड्का र क्यामराम्यान शैलेन्द्र ध्वज कार्की जुलाई २० मा डेनमार्क जाँदैछन् ।

त्यहाँको जनजीवन तथा संस्कृति लाई ‘लभ नम्वर’मा उतारिने बताईएको छ । यो चलचित्रमा गौरव पहारी, म्याक्स एंकर, सुशील श्रेष्ठ, एलेन नियल्सन, मरिश्का खड्का, सुनिता घिमिरेलगायतका कलाकारहरुको अभिनय रहने पक्का भईसकेको छ । यस चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहने छ । यम ओलीले प्रडक्शन डिजाईनिङ् गर्नेछन् ।

love-number2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu