हेटौंडा पुगेर सुन्लती बनिन् शिल्पा | फोटो फिचर



shilpa on hawaldar suntali

ठुलोपर्दा डटकम, हेटौंडा । छवि राज प्रोडक्सनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हवल्दार सुन्तली’को सुटिङ सोमवारदेखी सुरु भएको छ। सोमवार यो चलचित्रको लागी मकवानपुरको हैटौंडामा पहिलो दृश्य क्यामेरा कैद गरियो । चलचित्रलाई निर्देशक ऋषी लामिछानेले ‘एक्शन कट’ गर्दैछन ।

kishor and shilpa

जेठ महिनाको गर्मी को कुनै प्रवाह विना नै यो चलचित्रको निर्माण युनिट सुटिङको लागी हेटौडा पुगेको थियो । चलचित्र ‘हवल्दार सुन्तली’मा ‘लज्जा’ डेब्यु नायिका शिल्पा पोखरेल सुन्तली बन्दैछिन भने उनलाई अपोजिशनमा किशोर खतिवडा र सविन श्रेष्ठले साथ दिँदैछन ।

hawaldar-suntali-shilpa-and

हेटौंडामा नै आउँदो दश दिनसम्म चलचित्रको छायांकन गरिने निर्माता छविराज ओझाले जानकारी दिए । एक्सन श्रेणीको यस चलचित्रको छायांकनको सुरुवात गीतबाट गरियो । यो चलचित्रमा नृत्य निर्देशन कविराज गहतराजको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu