उन्नाइस बर्षीयलाई विश्वास गरेर जंगबहादुरको कोट जिम्मा



jungbahadurko-coat

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र उद्योगमा बेला-बेला कान्छा निर्देशक तथा कलाकारको चर्चा भईरहन्छ । बाल-कलाकार अनुभव रेग्मीलाई दर्शकले सुपरस्टार बनाईरहेको बेला यहाँ अर्को चलचित्रको काम जारी छ । ‘जंगबहादुरको कोट’ नामक सो चलचित्रकाई उन्नाईस बर्षिय आशिष भेटवालले निर्देशन गरिरहेका छन् ।

योगेन्द्र खड्का, जयन्द्र खड्का तथा देवी सिवाकोटीले संयुक्त निर्माण गर्दै गरेको यो चलचित्रलाई किन एक किशोरको जिम्मा लगाईयो त ? निर्माताहरु भन्छन्, ‘आशिषले हामीलाई विश्वास गर्न बाध्य बनायो’ । खड्का एण्ड सन्स सिने इन्डष्ट्रिजको ब्यानरमा यो चलचित्र बन्दै छ ।

यो चलचित्रको अष्ट्रेलियामा गरिएको छायांकन हालै सकिएको छ । अष्ट्रेलिया पार्टमा विमलेश अधिकारी, सुचित्रा आचार्य तथा सुभाङ्गी कोइरालाले अभिनय गरेका छन् । नेपालमा अब छायांकन हुने बताईएको छ । त्यसका लागि कलाकार छनौट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu