‘मान्छे’ बनाउने सुरमा अजय



ajay-susi;

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सानोपर्दामा केहि समय बिताएका प्रायःलाई ठूलोपर्दामा काम गर्ने इच्छा हुन्छ । नेपाली गीत-संगीतमा भबिष्य हुनेहरु पनि चलचित्रमा स्थापित छन् । चलचित्रमा आएपछि अलिक बेग्लै पहिचान बनाउन सकिने हुँदा यो आकर्षण बढ्दो छ । अजय अधिकारी ‘शुसिल’ पनि त्यस्तै व्यक्ति हुन् जसले सानोपर्दामा योगदान दिएर ठुलोपर्दा ताकेका छन् ।

‘मान्छे’ नामक चलचित्रको निर्देशक तथा अभिनेताको रुपमा उनि आउने भएका छन् । अजयसँगै प्रियांका कार्की, किरण केसी, सुरविर पण्डित लगाएतको अभिनय रहनेछ । ‘मान्छे’को लेखन पनि अजय स्वयंको रहनेछ ।

अजयले यसअघि ‘रहर’ नामक म्यूजिक एल्बम ल्याएका थिए । पाँच गीतमा अभिनय समेत गरिसकेका अजयले सो एल्बममा आफ्नै शब्द, संगीत तथा स्वर दिएका छन् । उनले अर्को एल्बम ‘फेरी एउटा रहर’ ल्याउने तयारी गरेका छन् । जसमा अजयले रजिना रिमाल र प्रेम परियारसँग गीत गाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu