गरिमा पनि आईटम गर्ल, जिवन भन्छन् ‘म त मर्छु कि क्या हो ठूली’ | भिडियो



garima

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘ठूली’को आईटम गीत सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गीतमा गरिमा पन्त आईटम गर्ल बनेकी छिन् भने जिवन लुईँटेलले साथ दिएका छन् । यो चलचित्रलाई नारीहरुको चाड तीजको छेकोमा प्रदर्शनमा ल्याउने तयारी छ ।

चलचित्रले नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र आत्याचारको विरुद्ध नारी आवाज सशक्त हुनुपर्ने प्रकारको कथा बोलेको निर्देशक बोहरा बताउँछन् । यो चलचित्रमा लगानी भने अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।

‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ । यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu