‘कोहिनुर’का दुई गीत एकसाथ रिलिज, श्री-स्वेताको प्रेम झल्कियो



sweta-kohonoor

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको रोमाञ्चक जोडीको अभिनय रहेको नेपाली चलचित्र ‘कोहिनुर’का दुई गीत सार्वजनिक भएका छन् । यो जोडीले वास्तविक जीवनमै बिवाह बन्धनमा बाँधिने निर्णय लगत्तै चलचित्रमा समावेश गीत सार्वजनिक भएका हुन् ।

शुक्रवार सार्वजनिक गीतमा श्री-स्वेतालाई प्रेमलापमा देख्न सकिन्छ । हिन्दी-नेपाली भर्सनमा ‘सलाम लिजिए कबुल किजिए’ र नेपाली गीत ‘के म तिम्रो होइन र’ सार्वजनिक भएका हुन् । दुवै गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ ।

‘सलाम लिजिए कबुल किजिए’ मा उदित नारायण झा र सोनु ककरको स्वर रहेको छ भने आकाश अधिकारीका शब्द रहेका छन् । ‘के म तिम्रो होइन र’मा अबिजित र साधना सरगमको स्वर तथा डा.कृष्णहरी बरालका शब्द रहेका छन् । दुवै गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

sweta-kohonoor1

महिला बेच बिखन सम्बन्धी सामाजिक कथामा बनाईएको यो चलचित्र श्रावण २३ मा रिलिज हुँदैछ । कोहिनुर नेपा: मुभिजको व्यानरमा श्री कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् । आकाश अधिकारी निर्देशित ‘कोहिनुर’मा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्का, मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटुवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारी र केही भारतीय कलाकारहरुले समेत अभिनय गरेका छन्।

चलचित्र ‘कहाँ भेटिएला’को प्रेम जोडीलाई ‘कोहिनुर’मा कस्तो जोडीमा पाईन्छ त्यसको लागि भने रिलिजसम्म पर्खनुपर्नेछ ।

भिडियोहरु हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu