जिवनकी ठूली गरिमा | ‘ठूली’का पोस्टर सार्वजनिक



thooli-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भाद्र ६ गते रिलिज हुने नेपाली चलचित्र ‘ठूली’का पोस्टर सार्वजनिक भएका छन् । निर्देशक एभरेष्ट सुर्य बोहराले आइतवार आफ्नो फेसबुक मार्फत दुई पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा नायक जिवन लुईँटेल र नायिका गरिमा पन्तलाई राखिएको छ ।

नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचारको बिषयमा ‘ठूली’ बनेको बताईएको छ । यसअघि ‘मुटु’ नामक चलचित्र बनाएर सफल भएका निर्देशक बोहराले ‘ठूली’ले नेपाली चलचित्रमा छुट्टै प्रकारको छाप छोड्ने बिश्वास राखेका छन् । यथार्थ घटनामा आधारित यो चलचित्रले महिलामाथीका दमन र आत्याचारको विरुद्ध नारी आवाज सशक्त बनाउन मद्दत गर्ने बताईएको छ ।

यो चलचित्रमा लगानी भने अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।

‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ । यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् भने संगीत बसन्त सापकोटाको रहेको छ । द्वन्द्व निर्देशन सुरेन्द्र शाहले गरेको यो चलचित्रमा नृत्य बसन्त श्रेष्ठको रहेको छ ।

thooli-poster1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu