स्टुपिड जिवनले चाँदनीको आँखामा आँशु देख्न सकेनन्



stupid-mann

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘स्टूपिड मन’को ‘तिम्रो आँखामा’ बोलको गीत सार्वजनिक भएको छ । ओफा अवार्डमा सोमवार सार्वजनिक भिडियो युट्युबमा भने मंगलवार मात्र अपलोड गरिएको छ । सार्वजनिक गीतमा नायक जिवन लुईँटेल र नायिका चाँदनी शर्मालाई देख्न सकिन्छ ।

यो चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ । यो चलचित्रमा जीवन र चाँदनी सँगै निरज बराल, रिजु श्रेष्ठ तथा मार्टिन खान मुख्य भुमिकामा छन् । थाइल्याण्डका मनोरम दृश्यहरु समेटिएको यो चलचित्रले आफ्नो जीवनको लक्ष्य बिर्सिएर प्रेमको पछाडी लाग्ने युवायुवतीहरुको अवस्थालाई चित्रण गरेको छ ।

चलचित्रमा लगानी निरज बराल र विवेक शाहीको रहेको छ । चलचित्र ‘स्टुपिड मन’ शुभ फिल्मस्को ब्यानरमा तयार भएको हो । संजय लामाको छायांकन रहेको यो चलचित्रमा संगीत अर्जुन पोख्रेल र करण राज कार्कीको रहेको छ भणे द्वन्द्व अष्ट महर्जनको रहेको छ । यो चलचित्रको पटकथा सामिप्य तिमिल्सिनाले लेखेका हुन । यो चलचित्र भदौ २० गतेबाट प्रदर्शनमा आउने छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu