अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव काठमाडौंमा सुरु



aadibasi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आदिवासी जनजातीहरुको कला संस्कृतीको रक्षा तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०७१’ काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने यो महोत्वसमा नेपाली तथा दक्षिण अमेरिका सहित अफ्रिकाका बिभिन्न देशका कलासंस्कृती झल्किने छोटा तथा लामा चलचित्र प्रदर्शन गरिँदैछ ।

प्रदर्शनीमार्ग स्थित राष्ट्रिय राष्ट्रिय सभा गृहमा सुरु भएको महोत्सवको संस्कृतिविद सत्यमोहन जोशीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै जोशीले कुनै जाती बिशेषको पक्ष बिपक्षमा बिभाजित नभई सम्पुर्ण देशवासी एक हुँदै कला संस्कृतीको जगेर्ना गर्नमा लाग्नुपर्ने बताए ।

तामाङ समुदायको झाँकी एवं विभिन्न समुदायको प्रदर्शनी सहित महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा जापान र भारतका फिल्मकर्मीहरु जुरीहरुको रुपमा रहेका छन् । महोत्सव उद्घाटनसँगै ब्राजिलको सर्ट फिल्म ‘अर्नस अफ् द वाटर’ प्रदर्शन गरियो ।

आठौँ संस्करणमा आईपुगेको यो महोत्सवमा विभिन्न १८ देशका ४८ वटा चलचित्र देखाईंदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu