माफियाको कथा बोकेको ‘मुखौटा’ दर्शकमाझ



mukhautaठुलोपर्दा डटकम, काठमाडौं । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी चलचित्र ‘मुखौटा’ दर्शकमाझ आएको छ । यो सँगसँगै भोजपुरी चलचित्र ‘शुटर’ पनि हलमा आएता पनि प्रायः चलचित्र घरहरुमा ‘मुखौटा’ नै लागेको छ । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् ।

यो चलचित्रमा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, निशा अधीकारी, रविन तामाङ हर्षिका श्रेष्ठ, दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारहरु लिड रोलमा छन् । चलचित्रले शहरमा बढ्दो माफिया प्रवृतीको कथा बोलेको छ ।

यो चलचित्रको निर्माण युनिटले विहिवार राजधानीमा ‘प्रिमियर सो’ को आयोजना गरे पनि सिनेमा हेरेका दर्शकहरुबाट अपेक्षाकृत प्रतिक्रिया भने पाउन सकेन् ।  चलचित्र रिफ ईन्टरटेनमेन्टको व्यानरमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu