‘होस्टेल’ निर्देशक हेमराज बिसीलाई पैसा ठगीको आरोप, अफिसमै प्रेमिका कुटेपछि केश प्रहरीसम्म



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चार महिना देखी लिभिङ्ग टुगेदरमा रहेकी प्रेमीका हिमा श्रेष्ठले ‘होस्टेल’ निर्देशक हेमराज बिसीलाई पैसा ठगीको आरोप लगाएकी छिन् । मंगलवार आफ्नो फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले पैसा ठगी गरेर फिल्म बनाईरहेको बताएकी छिन् । आफ्नो पैसा ठगी गरेको संकेत दिँदै हेमराजलाई ठगको संज्ञा दिएकी छिन् ।

हिमाले हेमराजसँग होसियार रहन आग्रह गरेकी छिन् । हेमराजले पैसाको निम्ती जे पनि षडयन्त्र गर्न सक्ने भन्दै हेमराज र उनको कोठाको फोटो शेयर गरेकी छिन् । कोठा छोडेर फरार भएको भन्दै उनले खाटको तस्विर राखेकी छिन् ।

hima1

निर्देशक बिसीले भने हिमाको कुरा नकारेका छन् । आफ्नो मानहानी भएको भन्दै हेमराजले व्यक्तिगत रिसिइबिको कारण हिमाले त्यस्तो निकाल्नलाई त्यस्तो फेक स्टेटमेन्ट लेखेको बताएका छन् । ठुलोपर्दा डटकमसँग कुरा गर्दै हेमराजले आफु कानुनी प्रक्रियामा अगाडी बढेको बताएका छन् । ‘किन कसरी पैसा दियो भन्ने रेकर्ड त होला नी उसँग ? प्रमाण लिएर आओस्’ हेमराजले बताए ।

पैसा खाएर भागेको भन्दै मानहानी गरेको हेमराजको आरोप छ । ‘म अफिसमा नै छु, अफिस समयमा भेट्न कुनै गाह्रो छैन’ हेमले भने, ‘उसले म कोठा सर्दाको बेलाको फोटो देखाउँदै भागेको आरोप लगाएकी छ । म अहिले अफिस नजिक कमलपोखरीमा नै बस्दै छु’ । आफुसँग प्रेम सम्बन्ध टुटेपछि रिसको झोकले हिमाले बदनाम गर्न खोजेको हेमले बताए, ‘म जस्तै अरु केहि व्यक्ति पनि पिडित रहेछन्, उसले पछि बार्गेनिङ् गर्ने रहेछ’ ।

सँगै बसिरहेका हिमा र हेम अहिले छुट्टिएका छन् । हिमाले हेमराज कोठा छोडेर भागेको आरोप लगाएकी छिन् । हेम र हिमा भत्तेको पुल नजिकै कोठा भाडामा बस्दै आएका थिए । हिमाले आफ्नो घर चाबहिल गोपिकृष्ण पछाडी रहेको बताउँछिन् ।

hem-hima

चार महिना देखी प्रेममा हेम र हिमा सँगै बसेका थिए । हेमको पछिल्लो प्रोजेक्ट ‘जिन्दावाद’मा हिमाले आफुलाई निर्माता बताएकी छिन् । उनले जिन्दावादका निर्माता सरोज न्यौपानेले हेमसँग भेट गराएको बताईन् । त्यस्तै हिमाले आफुलाई अफिसमा बोलाएर कुटेको आरोप लगाएकी छिन् । ‘अफिसमै कुट्नुभयो । चौध दिन भयो म लुकेर बसेकी छु । अफिसमा आए मार्छु भनेका छन् । प्रहरीमा जाँदा पनि प्रमाण खोजेपछि म यत्तिकै फर्केकी हुँ’ ठुलोपर्दा डटकमसँग कुरा गर्दै हिमाले भनिन् । ठुलोपर्दा डटकमले पैसा दिएको प्रमाण के छ त भन्ने प्रश्न गर्दा आँफुसँग कुनै प्रमाण नभएको बताइन् । उनले आफ्नो बैंक खाता समेत नरहेको बताइन् ।

‘उनिहरुको भन्दा मेरो इज्जत छ त्यसैले परिवारमा भन्न सकिन’ आफु लुक्नुको कारण दिँदै हिमाले भनिन्, ‘प्रहरीको माथिल्लो पोस्टमा मेरा आफन्त हुनुहुन्छ तर इज्जत जाने डरले भन्न सकेकी छैन’ ।

कोरिया बस्दै आएकी हिमाकी १३ बर्षिय छोरा छन् । हिमाका अनुसार उनको सानै उमेरमा बिहे भएको थियो । १२ बर्ष अगाडी नै कोरियामा नै श्रीमानसँग डिभोर्ष भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu