जापानमा ‘कबड्डी’



kabaddi-in-japan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘ब्लयाक हर्स पिक्चर्स प्राली’को ब्यानरमा तयार नेपाली चलचित्र ‘कबड्डी’ जापानमा प्रदर्शन हुने भएको छ । Meguro Kumin Center मा २९ जुनमा कबड्डी प्रदर्शन हुनेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रलाई लामो समयदेखी जापानमा रेष्टुरेण्ट व्यावसाय गरेर बस्दै आएकी अञ्जु श्रेष्ठले प्रदर्शनको राइट्स लिएकी हुन् । उनले नेपाली चलचित्रको व्यावसायिक प्रदर्शन सुरु गरेकी छिन् । यो थालनी ‘कबड्डी’बाट भएको छ । बताईएअनुसार हरेक दुई महिनामा एक चलचित्र जापान राइट्स लिएर प्रदर्शन हुनेछ ।

कबड्डीमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आले लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu