असार २० मा निरज-पुजनाको ‘चिहान’ आउँदै



Chihan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
वास्तविक घटनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चिहान’ असार २० बाट प्रदर्शनमा आउने भएको छ ।
एउटा नयाँ चिहान खन्नु र उधिन्नु अघि नै उपचार गर्नुपर्छ, नत्र घटनाले निरन्तरता पाईरहन्छ भन्ने बिषयमा बनेको यो चलचित्रलाई बद्रिकृष्ण श्रेष्ठले निर्देशन गरेका छन् ।

अनाबश्यक तरीकाले शंकामा डुब्दा मान्छे कसरी हत्यारा बन्दोरहेछ र त्यसको उपचार के हुन सक्छ ? भन्ने सन्देश जाने यो चलचित्र पूर्ण मनोरञ्जनात्मक रहेको निर्देशक श्रेष्ठले बताए । निरज वराल, पुजना शाही, अनुपा कार्की लगाएतको अभिनय रहेको यो चलचित्रका निर्माता रमेश श्रेष्ठ र मेनुका थापा हुन् ।

यो चलचित्रमा चलचित्रमा विरेन्द्र भट्टको छायांकन, साजन श्रेष्ठको सम्पादन, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu