अमेरिकामा ‘स्टुपिड मन’ प्रिमियर हुँदै



Stupid-man-california

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक निरज बराल निर्मित नेपाली चलचित्र स्टुपिड मन अमेरिकाको क्यालिफोर्नियामा प्रिमियर शो हुने भएको छ । अगष्ट २ मा हुने शोमा नायक तथा निर्माता बराल पनि सहभागि हुनेछन् ।

क्यालिफोर्नियाको प्रिमियरको लागि प्रिन्स युवराज कार्की, सुजित सिंह र नुरेन बराल सक्रियताका साथ लागिरहेका छन् । नायक/निर्माता निरजका अनुसार गीत र प्रोमो सार्वजनिक भएपछि विदेशबाट डिमाण्ड आईरहेका छन् ।

अमेरिका पछि थाईल्याण्डमा पनि ‘स्टुपिड मन’ प्रदर्शन हुने बरालले बताए । दिवाकर भट्टराई निर्देशित यो चलचित्रको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ ।

चलचित्रमा जीवन र चाँदनी सँगै निरज बराल, रिजु श्रेष्ठ तथा मार्टिन खान मुख्य भुमिकामा छन् । थाइल्याण्डका मनोरम दृश्यहरु समेटिएको यो चलचित्रले आफ्नो जीवनको लक्ष्य बिर्सिएर प्रेमको पछाडी लाग्ने युवायुवतीहरुको अवस्थालाई चित्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu