घरसल्लाहबाट श्रीकृष्ण-स्वेताको लगन जुर्‍यो, असार २३ मा लगनगाँठो कसिँदै



kohinoor-shree-sweta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले असार २३ मा लगनगाँठो कस्ने भएका छन् । पाँच बर्ष लामो प्रेमसम्बन्ध घरसल्लाह अनुसार बिवाहमा परिणत हुँदैछ । पाँच बर्ष अघि श्रीको चलचित्र ‘कहाँ भेटिएला’मा अभिनय गरेकी स्वेता र श्रीको मन त्यहि बेला देखी नै मिलेको थियो ।

स्वेता स्टारर सोहि एक चलचित्र मात्र रिलिज भएको छ । दोश्रो चलचित्रको श्रीकृष्णको होम प्रोडक्शनमा ‘कोहिनुर’ रिलिजको क्रममा छ । जसमा श्री-स्वेताको नै जोडी छ । स्वेतासँग लामो समयदेखी काम गरेको र व्यापार पनि साथै गरेकोले सबै कुरा मिल्न आएको श्रीकृष्ण बताउँछन् ।

गौशालास्थित ईन्द्रणी होटलमा बिवाहको कार्यक्रम राखिएको छ, जहाँ श्री-स्वेताका आफन्त, चलचित्रकर्मी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहनेछ । उक्त होटल श्री-स्वेताले नै चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu