नेफ्टा अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धीको मनोनयन सार्वजनिक



nefta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको सातौँ सँस्करणको उत्कृष्ट पाँच प्रतिस्पर्धीको मनोनयन सार्वजनिक गरिएको छ । विभिन्न ३१ विधामा अवार्ड वितरण हुँदैछ । यो सँस्करण हङकङमा आयोजना हुँदैछ ।

‘धन्दा’, ‘होस्टेल’, ‘मोक्ष’, ‘मौन’ र ‘रिदम’ उत्कृष्ट चलचित्र, सुरज सुब्बा नाल्बो, मनोज पण्डित, दिनेश डिसी, सुदर्शन थापा र विकास आचार्य उत्कृष्ट निर्देशक, अर्पण थापा, सौगात मल्ल, आर्यन सिग्देल र जिवन लुईँटेल उत्कृष्ट नायक तथा केकी अधिकारी, निता ढुङ्गाना, रेखा थापा, नम्रता श्रेष्ठ र ऋचा शर्मा उत्कृष्ट नायिकाको मनोनयमा परेका छन् ।

त्यस्तै, उत्कृष्ट कथामा ‘अन्तराल’बाट अभिमन्यु निरवी, ‘धन्दा’बाट अर्पण थापा, ‘मौन’बाट नविन गौली, ‘रिदम’बाट विकास आचार्य र ‘सुनगाभा’बाट सुवर्ण थापा छन् । संवादमा दिपकराज गिरी, नयनराज पाण्डे, विकास अचार्य, विनोद पौडेल र प्रचण्डमान श्रेष्ठ, नृत्य निर्देशनमा शंकर विसी, कविराज गहतराज, हिमग्याप टासी, गोविन्द राई र रेनेशा वान्तवा राई, ड्रेस डिजाइनरमा सानु भारती, सुशिला जोशी, निलिमा शर्मा, उजला कपाली तथा बिना घले र तेन्जिङ छेतेन भुटिया उत्कृष्ट पाँच मनोनयनमा परेका छन् ।

शैलेन्द्र डि. कार्की, पुरुषोत्तम प्रधान, संजय लामा, हरी हुमागाइँ र सुशान प्रजापती उत्कृष्ट छायाँकार, शंकर महर्जन, चन्द्र पन्त, अष्ट महर्जन, रोशन श्रेष्ठ र हिमाल केसी द्वन्द्व निर्देशन, विपिन मल्ल, निमेष श्रेष्ठ, सुरेन्द्र पौडेल, लोकेश बज्राचार्य र अर्जुन जिसी उत्कृष्ट सम्पादनको मनोनयनमा रहेका छन् । बसन्त सापकोटा, सुरेश गैरे, रोशन लामा संगीतकारको मनोनयनमा छन् ।

nefta1

उत्कृष्ट खलपात्रमा राजवल्लभ कोइराला, झरना थापा, सुमन सिंह, मनोज आरसी र देवु श्रेष्ठ मनोनयनमा छन् । नव निर्देशनमा दिपा बस्नेत ‘अन्तराल’, हेमराज विसी ‘होस्टेल’ आसिफ शाह ‘कर्कश’, सुरज भुषाल ‘मौन’ र प्रविन श्रेष्ठ ‘मोक्ष’ मनोनयनमा छन् । नव-नायकमा अभिनाश गुरुङ, अनमोल केसी, गौरव पहारी, कोसिस क्षेत्री र श्याम अर्यालको प्रतिष्पर्धा हुँदैछ । त्यस्तै, नव-नायिकामा प्रकृती श्रेष्ठ, पूजा शर्मा, सुजाता कोइराला, ‘दर्शन शाही र मलिना जोशी रहेका छन् ।

सह-अभिनेतामा सविन श्रेष्ठ, कमलमणी नेपाल, सन्दिप क्षेत्री, सुनिलदत्त पाण्डे रप्रदिप खतिवडा साथै सह-अभिनेत्रीतर्फ अशिष्मा नकर्मी, प्रियंका कार्की, सरिता गिरी, नन्दिता केसी र रिमा विश्वकर्मा रहेका छन् । चरित्र अभिनेतामा शैलेश आचार्य, शेखर चापागाइँ, केवश भट्टराई, लक्ष्मीनाथ शर्मा र दयाहाङ राई, अभिनेत्रीमा हिउँवाला गौतम, सृजना बस्नेत, रश्मी भट्ट, अरुणा कार्की, मिथिला शर्मा मनोनयनमा छन् । बाल कलाकारमा अनुभव रेग्मी, सुज्ञानी भट्टराई, सुजल केसी र सुजल थापा मनोनयनमा छन् ।

सिताराम कट्टेल, केदार घिमिरे, विष्णु सापकोटा, रेशम फिरिरी र विल्सन विक्रम राई उत्कृष्ट पाँच हाँस्यकलाकार, सुरेन्द्रमान सिंह, सनुप पौडेल, संजिव सिंह, प्रेम परियार र स्वरुपराज आचार्य गायक तथा प्रकृती गिरी, दुर्गा परियार, मिलन अमात्य, रजिना रिमाल र श्रेया घोषाल गायिकाको मनोनयनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu