आयुषालाई किन बिर्सन सक्दैनन् रेश मरहठ्ठा ?



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक रेश मरहठ्ठा एक युवतीको प्रेममा परेका छन् । उनि आइतवार भक्तपुर दरबार स्क्वायरमा मोडल आयुषा राईसँग रोमाञ्स गरिरहेको अवस्थामा भेटिए । रेशले आयुषालाई कहिल्यै बिर्सन नसक्ने भन्दै आफुतर्फ आकर्षित गर्दै थिए ।

resh-aayusa

रेशले वास्तविक जीवनमा भने आयुषालाई प्रेम गरेका थिएनन् । सुमधुर आवाजकी धनी मुस्कान श्रेष्ठको पहिलो सांगीतिक प्रस्तुती तिम्रो मुस्कान गीति संग्रहमा संकलीत ‘विर्सन सक्दीन म …’ बोलको गीतको म्यूजिक भिडीयोको छायांङ्कनका क्रममा यो घटना भएको थियो ।

मुस्कानको आवाज रहेको उक्त गीतको भिडियोलाई जिवन थापाले निर्देशन गरेका छन् । शब्द तथा संगीत रमेश परियारको रहेको यो गीतको भिडियो छिट्टै रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu