अशिष्मा र रञ्जन कहिलेबाट श्रीमान-श्रीमती ?



ashishma-ranjan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका अशिष्मा नकर्मी र मोडल रञ्जन रिजाल कहिलेबाट श्रीमान-श्रीमती भए त ? समाचार शिर्षकले यहि प्रश्न उब्जाउँछ । भर्खरै एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । चलचित्रहरु ‘मालतीको भट्टी’ र ‘मुखौटा’मा गीत गाईसकेकी गायिका सुमन गुरुङ्को  ‘गीत’ एल्बममा समावेश ‘किन किन …’ बोलको गीतको भिडियोमा अशिष्मा र रञ्जन श्रीमान-श्रीमतीको रुपमा देखिएका छन् ।

विधान कार्कीले यो म्यूजिक भिडियो निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको यो भिडियोमा सबेरै आफ्ना विगतका रमाईला क्षणहरु सम्झिएका श्रीमान-श्रीमतीको कथा देखाईएको छ । गीतमा सुमन गुरुङ्कै शब्द तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu