विनायकको समर फुड फेष्टिभलमा डिजराजको गायन



digraaj

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चाबहिल शान्ति गोरेटोमा रहेको विनायक ईङ्गलीस हायर सेकेण्डरी स्कूलको आयोजनमा गत शनिवार विद्यालय प्राङ्गणमा समर फुड फेष्टिभल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिनायकका बिद्यार्थीहरु दीक्षा, सुशीला, रञ्जना, सीता, एनी भट्टराई लगायत फ्युचर कल्चर प्रा.लि.का कलाकारहरु, मायाज ब्याण्ड,गोर्खाली गर्लज ब्याण्ड, कोपुस्मा ब्याण्ड र द अथोरिष्ट ब्याण्डले आकर्षक प्रस्तुति गरेका थिए ।

विद्यालयका विद्यार्थीहरु,अभिभावक वर्ग लगायत अतिथिहरुको सहभागितामा चर्चित गायक डिजराज पौडेलले तिमी आउने बाटोमा र सुनैको दरबार तिम्लाई दिन सक्दिन सुनाएका थिए भने युवा गायक बि.कृष्ण र गायिका शरिश्मा श्रेष्ठको गायनमा युवाहरु रमाएका थिए । कलाकार चन्दा बिडारीको दोहोरी र मुक्तकले कार्यक्रममा आकर्षण थपेको थियो ।

digraj

विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप तर्फ बिषेश जोड दिने बिद्यालयको उद्देश्य बमोजिम यस्तो कार्यक्रमहरु बर्षेनी आयोजना गर्दै आएको र आगामी बर्षमा पनि निरन्तरता दिदै जाने कुरा प्रिन्सिपल मोहन कुमार तामाङले बताउनु भयो । यसै विद्यालयको कक्षा एल.के.जी.मा अध्ययनरत साढे तिन बर्षिया बिद्यार्थी एनी भट्टराइले शन्देशमूलक चलचित्र उदाहरणमा अभिनय गरि रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu