गितकार टेकु क्षेत्रीको ‘सम्रिध’ बजारमा



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित गायक-गायिकाको स्वरमा गितकार टेकु क्षेत्रीले ‘सम्रिध’ नामक एल्वम बजारमा लिएर आएका छन् । एल्वममा चर्चित गायक स्वरुपराज आचार्य, शिव परियार, गायिका अन्जु पन्त र योजना पुरीले र गायक कमल रसाईलीको स्वर दिएका छन् ।

रेडियो कान्तिपुरबाट चर्चित कार्यक्रम संचालक हेम सुवेदी, प्रमुख अतिथि डा. कृष्णहरी बराल, गायक तथा संगीतकार कमल रसाइली र गायिका योजना पुरीले संयुक्तरुपमा उक्त एल्बम सार्वजनिक गरेका थिए ।

samrid1

एल्वमका समाहित सम्पुर्ण गितहरु उत्कृष्ट बनेकाले पनि स्रोताहरुको मन सहजै जित्ने गीतकार क्षेत्रीले विश्वास लिएका छन । गितमा संगीतकार हरि लम्साल, कमल रसाइली, दीपक दशनामी र किरण गजमेयरले ले संगीत भरेका छन् ।

एल्वम भित्र रहेका पाचंवटा गित मध्ये कमल रसाईलीले ‘एउटै मुटु’, स्वरुप राज आचार्यले ‘पलपल तिम्रो’, अन्जु पन्तले ‘किन मनको’, शिव परियारले ‘कँहा कता’ र योजना पुरीले ‘सान–नानी’ बोलको गित गाएका छन् ।

गितकार क्षेत्रीले यहि जुलाई १९ तारिखमा अमेरिकामा हुने ‘लोवा सांगतिक साँझ’ मार्फत युएसका लागी पनि एल्वम सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu