संगीत रोयल्टी संकलन समाजबारे टिप्पणी | प्रवक्ताद्वारा चेतावनी



royalti
संगीत रोयल्टी संकलन समाजका नव-निर्वाचित पदाधिकारीहरु ।

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नव निर्वाचित ‘संगीत रोयल्टी संकलन समाज नेपाल’को निर्वाचन र नेतृत्वका सम्वन्धमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा नकारात्मक टिप्पणी भएको भन्दै समाजले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै समाजले केहि व्यक्तिले रोयल्टीको आन्दोलनलाई कमजोर वनाउने उद्देश्य र स्वार्थ सहित निर्वाचित कमिटिलाई अमुक व्यक्तिले कव्जा गरेको भन्ने झुटो र भ्रामक समाचार सम्प्रेषण गरेको दावी गर्दै खेद प्रकट गरेको हो ।

लोकतन्त्रमा आफ्नो मत राख्ने अधिकार सवैलाई भए पनि गलत व्याख्या विश्लेषण गर्ने छुट कसैलाई नभएको घुमाउरो तरिकाले विज्ञप्तीमा उल्लेख गरिएको छ । गत असार १४ गते सम्पन्न रोयल्टी संकलन समाजको निर्वाचन सम्पूर्ण कानुनी प्रकृया पुरा गरी विधिसम्मत गराइएको तथा निर्वाचनवाट निर्वाचित कार्यसमिति वैधानिक र आधिकारीक भएको स्मरण गराउँदै प्रवक्ता लोकराज अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तीमा आफैले अनुमोदन गरेको कानुन, विधि र प्रकृयालाई प्रतिस्पर्धी उम्मेदवारले पराजित भएपछि प्रश्न उठाउनु जायज नभएको तर्क गरिएको छ ।

‘पराजय स्विकार गर्दै मतगणना स्थलवाट वाहिरिएका उम्मेदवारले पछी गएर कपोकल्पित र भ्रामक समाचार सम्प्रेषणमा तल्लिन हुनु र त्यसैमा रमाउनु भनेको हत्केलाले सुर्यलाई छेक्ने दुस्साहस गर्नु र आफूलाई सस्तो समाचारको बिषयमा परिणत गर्नु बाहेक केहि हुनसक्दैन’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu