टेक्सासमा राइ इज किङ् र पवनकलीको धमाका हुने



summer-dhamaka

ठुलोपर्दा डटकम, टेक्सास ।
अमेरिकामा क्रियाशिल नेपाली समाज टेक्सासको सहभागिता तथा NamateUS.com Online Television को आयोजनामा टेक्सासमा “समर धमाका-२०१४” हुने भएको छ । जुलाई १८ तारिख शुक्रवार हुने कन्सर्टमा चर्चित गायक राजेश पायल राईसँगै ‘पवनकली’ले प्रस्तुती दिनेछन् ।

विगत ३ वर्ष देखि निरन्तर अमेरिकाको डल्लास तथा वरपरका नेपालीहरूद्वारा आयोजित कार्यक्रममा उपस्थिति जनाइसकेको यो आयोजक संस्थाले बिभिन्न समयमा त्यहाँ रहेर विभिन्न कार्यक्रम गर्दै आएको छ । यस कार्यक्रममा पनि नेपाली कला संस्कृतिको जगेर्ना गर्दै बिशुद्ध नेपाली मन र पनले गाउने गायकको प्रस्तुति रहने कुरा नमस्ते युएस डटकमका सञ्चालक विकास राज न्यौपानेले बताए ।

“समर धमाका-२०१४”अर्भिंग मलमा हुनेछ । जसको लागी २० युएस डलर शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu