धर्मेन्द्रको घरमा कामदारमाथी बलात्कार प्रयास



dharmendraकेहि समय पहिले खबर आएको थियो की शाहरुख खानका ड्राईभरको बलात्कारको आरोपमा गिरफ्तार गरियो । एक पटक फेरी बी-टाउन यस्तै प्रकारको घटनाको कारण चर्चामा छ । यो सब वलीउड अभिनेता धर्मेन्द्रको निवासमा भएको हो । गरम धरमको घरमा नशामा लठ्ठिएका एक सेक्युरिटी गार्डले घरकी कामदारलाई अश्लिल बोलिरहेको बेला पक्राउ परेका छन् । घटना सोमवारको हो ।

आधी रातमा जब सबै गहिरो निद्रामा थिए त्यहिबेला एक कामदारले महिला कामदारको क्वार्टरबाट केहि आवाज सुने । जब उनि त्यहाँ पुगे त्यतिबेला सेक्यू‍रिटी गार्डले महिला कामदारको साथमा जबरजस्ती गरिरहेका थिए । तुरुन्तै उनले देओल परिवारलाई जानकारी गराएपछि धर्मेन्द्रले तुरुन्तै एक्शन लिए ।

उनले तुरुन्त गार्डलाई घरनिकाला गरि एजेन्सीलाई सबै बताए जहाँबाट उक्त गार्डलाई ल्याईएको थियो । प्राप्त खबरअनुसार धर्मेन्द्रले उक्त गार्डको विरुद्द प्रहरीमा उजुरी दिए या दिएनन् यो भने पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu