शाहरुखले साउथ इण्डियन नायिकाहरु रेस्लर्स जस्तै भनेपछि …



Samantha

केहि दिन पहिले शाहरुख खानले दक्षिण भारतीय अभिनेत्रिका साथ कहिल्यै काम गर्न नसक्ने बताएका थिए । जसको कारण उनले साउथ इण्डियन नायिकाहरु महिला रेस्लर्स जस्तै देखिने बताएका थिए । तमिल तथा तेलुगु चलचित्रकी नायिका सामंथाले शाहरुखको उक्त भनाईबाट निराश भएको बताएकी छिन् ।

उनले भनिन् की दक्षिण भारतीय चलचित्रमा दर्शकले नायिकालाई परी जस्तो नभएर आफ्नै समाजको युवतीको रुपमा हेर्न चाहन्छन् यसकारण हामीले जीरो फिगर बनाउन जरुरत छैन ।

यद्यपी सामंथाले शाहरुख खानको उक्त भनाई निजी हुनसक्ने बताएकी छिन् तर उनले एक सुपरस्टारले यस्तो अभिव्यक्ति दिँदा असर पर्न सक्ने बताएकी छिन् । सामंथा एक हिन्दी फिल्ममा देखिने भएकी छिन् । यसबारे उनले तयारी गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu