सुरबिनाको सेक्सी माया पर्ने को को ?



surbina

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सञ्चारकर्मी सचित खड्का अब निर्देशक बनेका छन् । केहि दिन पहिले सार्वजनिक भएको एक म्युजिक भिडियोमा सचितले ‘झेली’ तथा ‘नाईके’ चलचित्रकी नायिका सुर्विना कार्कीलाई ‘सेक्सी सेक्सी’ भन्दै भिडियो ‘एक्शन कट’गरे ।

सचितले सुर्विनालाई मोडल पवनसँग ‘रुप तिम्रो सेक्सी जिउडाल तिम्रो सेक्सी अनि तिम्रो सबै अंग-अंग सेक्सी’ भन्दै नचाएका छन् । यो गीतमा शव्द तथा संगीत गायक रामहरी न्यौपानेको रहेको छ ।

‘खबर’ एल्वममा संग्रहित यो गीतमा एक सय ३६ पटक गायकले सुर्विनालाई ‘सेक्सी’, ‘सेक्सी’ भनेका छन् । जसलाई कुनै पनि नेपाली गीतमा अहिलेसम्म नै सबैभन्दा बढी पटक एउटै शब्द उच्चारण गरिएको दाबी निर्देशक र गायकले गरेका छन् । ‘सिल्भर साईन ईन्टरटेन्मेन्ट’मा रबिन्द्र खड्काले यो भिडियोको सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu