मोडलिङ्लाई व्यावसायिक बनाउन प्रतियोगिता हुने



model

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जनमानसमा मोडलिङ् पेशाप्रति सकारात्मक सोच विकास गर्दै मोडलिङ् पेशालाई व्यावसायिक बनाउने उद्देश्यले ‘मोडल अफ दि इएर २०१४’को आयोजना गरिने भएको छ । यो रियालिटी शोलाई नेक्स्ट मोडल्स नेपाल’ले आयोजना गर्दैछ । व्यक्तित्व विकास तालिम तथा मोडलिङ् तालिम दिँदै आएको यो संस्थाले यसअघि मिस नर्स नेपालको आयोजना गरेको थियो ।

व्यावसायिक मोडलिङ्मा लागेका युवा-युवतीलाई अन्तराष्ट्रिय स्तरको तालिमहरु प्रदान गरि नेपाली पहिचानलाई विश्वबजारमा महत्वपूर्ण भूमिका खेलिरहेको ‘फेसन उद्योग’ सम्म पुर्यााउने र सिप दक्षता वृद्दि गरि आत्म निर्भर बनाउने उद्देश्यले अलग धारको कार्यक्रम ल्याएको आयोजकले जनाएको छ । श्रावण १७ गते हुने अडिसनमा ५०० भन्दा बढि मोडलहरुलाई सहभागिता गराउने लक्ष्य रहेको छ ।

अडिसन पछि देशका प्रमूख शहरमा फेसन टुर समेत हुनेछ । सहभागिमध्ये उत्कृष्टलाई म्यूजिक भिडियो, लघु चलचित्र, विज्ञापन तथा स्तरिय फेसन शोहरुमा व्यावसायिक अवसर प्रदान गरिने बताईएको छ । विजेताले रु. एक लाख साथै मोडल एम्बेसडर, व्यक्तिगत वेबसाइट, ल्यापटप, मोबाईल फोन लगाएतका पुरसक्कार प्राप्त गर्नेछन् । अन्तिम प्रतिष्पर्धा असोज ४ गते राजधानीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu