अजय देवगनले सारी लगाउन नमान्दा निर्देशक अलपत्र



ajay

तुषार कपूर र सबीना खान तमिल फिल्म “कांचणा”लाई रिमेक गर्दैछन् । अजय देवगनको कारण उनिहरु चुनौतीमा परेका छन् । चलचित्रको कथामा अजयको शरिरमा एक ट्रांसजेंडरको आत्मा घुस्छ । यसमै जोडिएको कथाको क्लाईमेक्स दृश्यमा अजयले सारी लगाउनुपर्ने हुन्छ, मेकअप पनि त्यस्तै गर्नुपर्ने हुन्छ तर, अजयले उक्त कुरा अस्विकार गरिदिए ।

अजयले जुन दृश्यमा उनको पात्र महिलाको कपडा पहिरिनुपर्ने हुन्छ त्यसमा आफुले सारी नलगाउने बताए । मेकर्सलाई अब स्क्रिप्ट र लुक्समा नै परिवर्तन गर्नुपर्ने भएको छ या अरु कुनै बाटो लिनुपर्नेछ । उक्त चलचित्र नजिकको सुत्रका अनुसार निर्देशक राघव लरेन्स भी अलपत्र परेका छन् ।

थाहा हुन आएअनुसार क्लाईमेक्समा एक मन्दिरको दृश्य हुनेछ जुन सबैभन्दा महत्वपूर्ण हुनेछ । यहि दृश्यमा कांचणा (ट्रांसजेंडर) आफ्नो हत्याको बदला अजयको शरीरमा घुसेर लिन्छ । यसको मतलब अजयले महिलाको कपडा लाउनुपर्छ । यस बारेमा अजयलाई मनाउने कोशिष जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu