गीतकार लावतीको ‘पहिलो माया’ सार्वजनिक



isha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली सांगितिक आकाशमा भर्खरै उदाउँदै गरेकी गीतकार ईशा लावतीले आफ्नो ‘पहिलो माया’ सबैसामु सार्वजनिक गरेकी छिन् । शक्रवार राजधानीमा आयोजित एक कार्यक्रमा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले उनको ‘पहिलो माया’ सार्वजनिक गरेका हुन् ।

‘जुझारु म्युजिक प्राली’ले बजारमा ल्याएको लावतीको पहिलो माया एल्बममा आठ वटा गीत समावेश गरिएका छन् । जसमा हिँडुँ भन्छु छैन बाटो, आँशु झारे धेरै धेरै, जलिसक्यो दिल मेरो, पहिलो माया हो हाम्रो, निष्ठुरीले हाँसी हाँसी र तिमी त सारै बैगुनी रैछौ रहेका छन् । उनका गीतमा लक्ष्मण शेष, महेश खड्का, मनोज चौंलागाई, बसन्त सापकोटा, राजु सिंह र अशोक लोहरुङले संगित भरेका छन् भने श्रेयसी चेम्जोङ, प्रमोद खरेल, शिव परियार, दिपक लिम्बु, अन्जु पन्त र रिमा गुरुङले स्वर भरेका छन् ।

कार्यक्रममा यसै एल्बममा समाविष्ट भएको गीत ‘जलिसक्यो दिल मेरो’को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतकार लावती वैदेशिक रोजगारीको क्रममा इजरायल बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu