‘पुन्टे परेड’को च्यारिटी बन्यो निर्देशकको टाउको दुखाई



pred

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र पुर्णरुपमा रिलिजको लागी ‘फिट’ नहुँदै च्यारिटीको लागी हतार गर्दा समस्या आईपर्छन् । सोमवार यस्तै भयो चलचित्र ‘पुण्टे परेड’को च्यारिटी शो मा । एक स्वास्थ्य संस्थाले गरेको च्यारिटीमा सञ्चारकर्मीलाई पनि बोलाईनु निर्देशक सुवास कोईरालाको लागी भित्रभित्रै टाउको दुखाई जस्तै बन्यो । यहि च्यारिटीको लागि निर्देशक कोइराला लगातार साठी घण्टा नसुती काम गरेका थिए ।

निर्देशक कोईरालाले चलचित्रको साउण्डको काम मात्र बाँकी रहेको भने पनि ‘डविङ’ देखी अन्य सम्पादनको काम समेत पुरा नभएको दृश्यले बताएको थियो । यस्तो अवस्थामा उपस्थित सञ्चारकर्मीहरुको चलचित्र ‘फिट’ नभएकोले च्यारिटीमा नबोलाएको भए पनि हुन्थ्यो भन्ने प्रतिक्रिया दिए । काम नसकिँदै च्यारिटी लागी हतार गरिएको प्रतिक्रिया धेरैको थियो ।

चलचित्रको अधिकांश दृश्य अभिनेता संयम पुरीको अघीपछी घुमेको छ । जहाँ चलचित्रको पुण्टे बनेका संयमले मात्रै साढे २ घण्टा दर्शक थाम्न सकेका छन् । चलचित्र हेरेर दर्शक हँसाउन सकेको र आफ्नो लक्ष्य पनि त्यही रहेकोले हलमा आएपछी सफल भईछाड्ने दावी निर्देशक कोईरालाले गरे ।

साउन २ बाट साउन १६ हुँदै अन्ततः भदौ २७ रिलिजको मिती तय गरिएको यो संयमसँगै एन्जिला दाहाल, निलु डोमा शेर्पा, नाजिर हुसेन, रविन्द्र खड्का, सरोज श्रेष्ठ, गीता अधिकारी, प्रियंका कार्की लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu