एकैथलोमा १५ वटा तीजका गीत विमोचन



teej

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली नारीहरुको महान साँस्कृतीक पर्व हरितालिका तीजको अबसरमा सिर्जना गरिएका विभिन्न कलाकारका १५ वटा गितीसंग्रह एकै थलोमा विमोचन गरिएको छ । राजधानीको अनामनगरमा आयोजित एक विशेष समारोहमा संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आर्चाय, लगायत बरिष्ठ महिला कलाकारले विभिन्न कलाकारका १५ वटा तिजका गितीसंग्रह सार्वजनिक गर्नु भएको हो ।

राष्ट्रिय लोक संचाकर्मी नेपालद्धारा आयोजित सो कार्यक्रममा गायिका सिन्धु मल्लको, मै राम्री भा छु रे, टिका पुनको हाम्रो बाबाले दिएको दाईजो, मन्जु पौडेलको झल्को माईतीको, झलक संगितम्को बैशले घुमायो, आशा लामाको मै कस्ती भाकि छु, जानकी तारमी मगरको साइकल किन्न जाम, निता पुनमगरको बाबाको आगनी, चन्दा अर्यालको मेरो लचक्कै कम्बर, उमा श्रेष्ठको मोवाईलको ब्याटि्र लो, लक्ष्मी ढकालको सानुमाया, सिर्जु अधिकारीको गाउँले जीवन, अप्सरा गुरुङको सोह्रबर्षे जवानी, भिमा सुवेदीको र युनाज क्रियशनको हावा सरर, अमृत सागरको हाम्रा बाउका ज्वाँइले र दिपेश थापाको दिपसना तिज भिसीडी सार्वजनिक गरियो ।

teej1

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री भिम आर्चायले, नेपालका मौलिक गीत संरक्षणका लागि सचेत कलाकारहरुले ध्यान पुर्‍याउनुपर्ने बताउनु भयो । पछिल्लो समय बास्तविक रुपमा पछि परेका महिलाहरुको आवाज प्रतिनिधित्व गर्ने खालका तिजका लोकगीत हराउदै गएकोमा चिन्ता ब्यक्तगर्दै शहर केन्द्रीत भन्दा गाउँको भावना समेत गीतमा समेट्न कलाकारहरुलाई आग्रह गर्नुभयो । सो अबसरमा बरिष्ठ संस्कृतीकर्मी बुलु मुकारुङले, संस्कृती संरक्षणका लागि कलाकार स्वयम सक्रिय हुनु जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, बरिष्ठ लोक गायिका चन्द्रकला शाह, तिर्थ कुमारी थापा, विमा कुमारी दुरा, लक्ष्मी न्यौपाने गायिका तथा सचारकर्मी कोमल वली, उमा गुरुङ, लगायतका बरिष्ठ कलाकार उपस्थिती हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपालले विमोचित गिती संग्रहका संर्जकलाई सफलतको शुभकामना दिनु भएको थियो । साउन १५को अबसरमा आयोजित सो कार्यक्रममा कलाकार तथा संचारकर्मीहरुले सामुहिक रुपमा खिर ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu