अक्षय कुमारकी श्रीमती बन्दै जैकलिन



jacquale

‘किक’ जस्तो ठुलो चलचित्रमा काम गरेपछि जैकलीन फर्नान्डीजको लागि अवसर आईरहेका छन् । सुत्रले बताएअनुसार २०११ मा आएको हलिउड फिल्म ‘वारियर’को हिन्दी रीमेकमा उनको नाम तय भईसकेको छ । यो चलचित्रलाई करन जौहरको ब्यानर धर्मा प्रोडक्शनले बनाउँदैछ ।

यो चलचित्रमा दुई दाजुभाईको भूमिकामा अक्षय कुमार र सिद्धार्थ मल्होत्रा तय भइसकेका थिए । एक फिमेल रोलको लागि अभिनेत्रीको खोजी भईरहेको थियो ।

चलचित्रमा जैकलिन अक्षय कुमारकी श्रीमतीको रुपमा देखिने बताईएको छ । कथामा श्रीमतीको जिन्दगीमा आउने चुनौती देखाईनेछ, जसका पति अध्यापन छोडेर किक बक्सिङ्मा लाग्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu