‘अच्छा लेकिन’ भन्दै नाचे प्रशान्त तामाङ्



nishani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
वीर गोर्खालीको कथामा आधारित रहेर तयार चलचित्र ‘निशानी’को नयाँ गीत सार्वजनिक गरिएको छ । कारगिलको युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको कथा बोलेको यो चलचित्रको सार्वजनिक गीतमा नायक प्रशान्त तामाङ् मूख्य भूमिकामा छन् ।

विनोद सेरेङको निर्देशनमा बनेको निशानी भारतको सिक्किम, ईलाम र लमजुङ्को घले गाउँमा छायांकन गरिएको छ । यस चलचित्रमा निशानीमा इण्डियन आइडल बनेका चर्चित गायक तथा नायक प्रशान्त तामाङ्, नेपाली मोडलिङ क्षेत्रमा पहिचाहन बनाएका मोडेल सुरज रानाभाट, अनु गुरुङ, गायिका बिष्णु चेम्जोङ, प्रेम सुब्बा कोपिला थापा, शिरु बिष्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनाई कमर्सियल प्रा.लि.को प्रस्तुति रहेको ‘निशानी’मा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । चलचित्र बिनोद सेरेङकै कथा, संवादमा तयार भएको हो । यो चलचित्रलाई युवराज राईले खिचेका हुन् भने चलचित्र ‘निशानी’मा जनक गुरुङको द्वन्द्व, बि.बि. अनुरागीको संगीत तथा नृत्य गोविन्द राई र शिव शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu