सुटिङ सेटमै मनाए किरणले जन्मदिन



kiran

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक तथा मोडेल किरण लाकौलले म्युजिक भिडियो सेटमै आफ्नो जन्मदिन मनाएका छन् । नायिका तथा म्युजिक भिडियोमा सर्बाधिक रुचाईएकी मोडेल अशिष्मा नकर्मी, एसियन म्युजिकका ईश्वर गुरुङ, कम्पोजर तथा एरेन्जर रप्रभिन, सिल्फ ईन्टरटेन्मेन्टका गणेश दङाल र संगिता लामाका साथ उनले आफ्नो जन्मदिन सेलिब्रेट गरेका हुन् ।

विगत लामो समय देखी अमेरिका बसोबास गर्दै आएका गायक, गीतकार तथा संगितकार अभय ढुङेलको नयाँ एल्बम “आकशैमा” मा संग्रहित हुने आकशैमा बोलको गीतको छायांकन स्थलमा भिडियोका निर्देशक तथा आर्टिस्ट नेपाल डटकमका सम्पादक नब ढुङेलले उनको जन्मदिनको सेलिब्रेसन सर्प्राईस ढंगले दिएका थिए । जीवनमा सुटिङसेटमै भएको पहिलो सेलेब्रेसन भएको बताउदै गीतको भिडियो राम्रो बनेको जानकारी दिए ।

kiran1

आर्टिस्ट नेपाल डटकमको प्रस्तुती रहने एल्बमलाई एसियन म्युजिकले बजार ब्यबास्थापन गर्नेछ । नव ढुङेलको निर्देशनमा तयार हुन लागेको यस् भिडियोमा किरणको साथमा नायिका अशिष्मा नकर्मी रहेकी छिन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायानंकन गरेका छन् । त्यस्तै संगिता लामाको मेकअप, प्रशान्त तामाङको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu