हाँस्य-व्यङ्ग्य कवि सम्मेलन हुँदै



kabi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
हाँसो, व्यङ्ग्य र श्रद्दाञ्जली मिश्रित पर्व ‘गाईजात्रा’ अवसरमा हाँस्य-व्यङ्ग्य कवि सम्मेलन हुने भएको छ । भदौ १ गते मध्यान्ह १२ बजे सुरु हुने उक्त सम्मेलन सिद्धार्थ फूडल्याण्ड, पुरानो बानेश्वरमा हुनेछ ।

सम्मेलनलाई एक्सन डेभलपमेन्ट सेन्टरले आयोजना गरेको हो जसमा नेपालीको रेडियोको प्राविधिक सहयोग रहेको छ । हाँस्य व्यङ्ग कलाकार तथा साहित्यकारको पुनर्मिलन स्वरुप उक्त सम्मेलन हुने बताईएको छ ।

हाँस्य-व्यङ्ग कला तथा साहित्यमा रुचि राख्ने कवि तथा कलाकारहरूलाई आफ्नो सिर्जना प्रस्तुत गरी सहभागिता जनाउन आग्रह गरिएको छ । कार्यक्रममा प्रस्तुत रचना पुस्तकका रुपमा संग्रहित र प्रकाशित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu