फ्रेन्ज एण्ड ग्रुपको ‘मेघा लाइभ कन्सर्ट’ हुँदै



concert

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजधानीमा बृहत लाईभ कन्सर्ट हुने भएको छ । फ्रेन्ज एण्ड ग्रुप इन्टरटेन्मेण्टको आयोजनामा हुन लागेको ‘मेघा लाइभ कन्सर्ट २०१४’ को तयारी अन्तिम चरणमामा पुगेको आयोजकले जनाएको छ ।

भाद्र १४ गते हायत ओपन ग्राउण्ड, चुच्चेपाटीमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित व्याण्डहरु एक्स व्याण्ड, अनुप्रस्थ व्याण्ड, सुनिल बर्देवा, द त्रिप्लेट (फ्यूजन व्याण्ड), डिवान एण्ड एकाग्रह, रुट्स, द गोर्खालीज् गल्सका साथै अन्य कलाकारहरु प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै डिजे सेसनमा डिजे तेन्जिङ रहेका छन् ।

कार्यक्रमका लागि हाल सम्म ५ हजार टिक विक्रि भैसकेको आयोजकले जनाएको छ । कार्यक्रमका लागि करीब ३ सय सेक्यूरिटि गार्ड, एक सयको हाराहारीमा नेपाल प्रहरी रहने जनाएको छ । कार्यक्रममा सहभागीका लागि साधारण तर्फ २५० र विद्यार्थी सहुलियत तथा महिलाका लागि १५० रहेको छ । कार्यक्रम स्थलमा खाजा, पेय पदार्थ, फेस पेन्टिङ, फोटो सेसन, इन्फरमेशन डेक्स लगायत रहने छन् ।

पुरानो शिक्षा प्रणाली लाई परिवर्तनका लागि युवा आवाज, पुस्तक संकलन तथा वितरण, असाहय व्यक्तिहरुको लागि डिसेवल रिहृयाविलिटेशन सेन्टर नेपाल मार्फत सहयोगार्थ, बाढी पिडितहरुका लागि राहत संकलन र नेपाली संगितको प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कलाकार ध्रुव डिवानले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu