नायक-नायिकाद्वारा वृद्द-वृद्दालाई सारी र ढाका टोपी वितरण



bhul

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
छायांकनमा रहेको नेपाली चलचित्र ‘भुलभुलैया’ सामाजिक काममा अग्रसर भएको छ । काठमाण्डौको शान्तिनगरमा रहेको वृद्द आश्रम ‘नि-सहायक सेवा सदन’का वृद्धावृद्धाहरुलाई सारी र ढाकाटोपी वितरण गरिएको हो ।

चलचित्रका कलाकारहरु जिवन लुइँटेल, निता ढुंगाना, सोहित मानन्धरले सारी र ढाका टोपी वितरण गरेका छन् । बीस दिनदेखि जारी ‘भुलभुलैया’को छायांकन दुई दिन देखि सोही सेवा सदनमा भईरहेको छ । वृद्दा आश्रममा छायांकन भईरहँदा चलचित्रको कथामा वृद्द-वृद्दा अटाएको अडकल गरिएको छ ।

योगेश घिमिरेले निर्देशन गरिरहेको ‘भुलभुलैया’ दिनेश कुमार पोखरेलको प्रस्तुतीमा बनिरहेको छ । निरज ढकाल कार्यकारी निर्माता हुन् । सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी रहेको यो चलचित्र चैत्र १३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu