मेलवर्नमा नेपालीका बीच डिमार्चाको कन्सर्ट



Dmarchaविनोद भट्टराई, अष्ट्रेलिया ।
सिन्धुपाल्चोकको पहिरो पिडितलाई सहयोग गर्ने लक्ष्यले अष्ट्रेलियाको मेलबर्नमा आयोजित ‘डिमार्चा लाइभ इन कन्सर्ट’ ले आइतवार राती ‘डान्स फ्लोर’ तताएको छ । नेपाली कलाकार र नवप्रतिभालाई बढावा दिन सक्रिय ‘चहलपहल’ ले सो कार्यक्रमको आयोजना गरेको थियो ।

कन्सर्टमा नेप हप अन्डरग्राउन्ड जङ्गी निसान, डिजे बी रक, नाइन डबल सेभन, डिजे केएनए हेलियर लगायनको प्रस्तुती रहेको थियो । कार्यक्रममा उल्लेखिय संख्यामा नेपालीहरुको सहभागिता थियो । सामाजिक कार्यमा हातेमालो गर्न र मनोरञ्जन लिने उद्देश्यले प्रायको सहभागिता देखिन्थ्यो ।

‘कन्सर्ट बाट उठेको केही रकम सिन्धुपाल्चोकका पहिरो पिडितलाई दिने निर्णय गरेका छौ’, आयोजकका श्रीकृष्ण सिलवालले जानकारी दिए । उनले आगामी दिनहरुमा पनि यस्तो च्यारिटी कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता गरे ।

श्रीकृष्ण सिलवाल, सन्दिप कार्की, इराकु लामा, रुबी श्रेष्ठ, कविर बस्नेत, सुमी दाहाल, विनोद लिम्बु, क्रिश पौडेल, सन्दिपराज भण्डारी, सन्तोष बस्नेत, रविन बानिया, माधव गोर्खाली, भिम गौतम, दिपक अधिकारी र शिवशंकर सुवेदी चहलपहलका सदस्य हुन् । चहलपहलले विभिन्न सांगितीक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu