‘ब्यांग ब्यांग’को स्टन्ट दिँदा घाईते भए ऋतिक



hritik

बलिउडका सुपरहिरो ऋतिक रोशन अहिले चलचित्र ‘ब्यांग ब्यांग’ को छायांकनमा व्यस्त छन् । अक्टोबर २ मा विश्वभर रिलिज हुने तयारीमा रहेको यस चलचित्रको ‘स्टन्ट’ दृश्य दिने क्रममा रितिक थाइल्याण्डमा घाइते भएको समाचार छ ।

समाचार स्रोतका अनुसार उनको टाउँकोमा गम्भिर चोट लागेको थियो । धेरै रगत बगेपछि त्यसलाई रोक्नका लागी चिकित्सकहरुले सर्जरी गर्नुपरेको बताइएको छ ।

यस विषयमा बलिउडमा संचारमाध्यमहरुले ऋतिकलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कबाहिर रहेको खबर छ । घाइते पश्चात सुटिङमा फर्किएका ऋतिक ठुलो आवाजमा सुन्न र बोल्न नसक्ने बताइएको छ ।

ऋतिकसँगै चलचित्रमा कैटरिना कैफको मुख्य अभिनय छ । फक्स स्टार स्टुडियोजको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा यो चलचित्र बन्दै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu