फूल फूल्दा आँधी चलेपछि आयुषा र जिवनलाई के भयो ? (भिडियो)



kasto-bela

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ग्राफिक डिजाईनर टर्न्ड म्यूजिक भिडियो डाईरेक्टर जिवन थापाले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘कस्तो बेला’ बोलको गीतको यस भिडियोमा नायिका आयुषा राई र मोडल जिवन भट्टराईको अभिनय रहेको छ । गीतलाई शैलेन्द्र प्रधान “बाबु”ले स्वर दिएका छन् ।

गायक प्रधान पनि भिडियोमा देखिएका छन् । उनले क्याम्पस शिक्षकको रुपमा अभिनय गरेका छन् । भिडियोले युवा-युवतीको प्रेम कथा बोलेको छ । शब्दलाई दृश्यमा रुपान्तरण गरि निर्देशक थापाले जिवन्त बनाउन सफल देखिएका छन् । सपनाकी परीलाई फूलसँग तुलना गर्दै उसको उपस्थितीमा मनमा आँधीहुरीको सामना गर्नुपरेको प्रसंग गीतले दर्शाउँछ ।

चर्चित गायक तथा संगीतकार भरत सिटौको स‍ंगीत रहेको यस गीतमा डा. बद्रि पोखरेलका शब्द छन् । वाईपि घिमिरेले छायांकन गरकेो भिडियोलाई मल्टीमेटले तयार पारेको हो ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu