‘दाई म मरेको छैन, प्लीज तपाई हिरो बन्नुस् है’



हिरो बन्ने सपना थाती राख्दै म विदेश (कोरीया) तिर लागे । परीवारमा परेको शोक सम्झँदा घर फर्कनै मन लाग्दैनथ्यो । तर हिरो बन्ने सपना पनि मरीसकेको थिएन । त्यहाँ हुँदा मैले थुप्रै बिदेशी फिल्महरु हेर्थेँ, कोरीयन फिल्मको सुटिङ हुने थाहा पाएपछी सुटिङ स्पटमा हेर्न जान मन लाग्थ्यो र पुग्थेँपनि । कोरीयनहरु नेपाली हिरो भनेर जिस्क्याउथे ।

 ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र नगरीमा अहिले नँया पुस्ताको आगमन बढीरहेको छ । कलाकार देखी प्राविधीक र मेकरसम्म नयाँ अनुहार भित्रने क्रम जारी छ । तिनै मध्येका एक हुन पोखराका किसान सुनार । फिल्म नगरी प्रवेशमा सबैका आ-आफ्नै भोगाई र संर्घषहरु छन् । तर पोखरेली किसान सुनारका ब्यथा भने अलि भिन्न छ । सानै देखी फिल्मको हिरो बन्ने सपना बोकेका किसानको सपना आज पुरा त भएको छ, तर उनको फिल्मी सपनासँग जोडिएको विगत भने नितान्त भिन्न र कहालीलाग्दो छ । आउँदो असोज ३१ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘आगो – २’ बाट नेपाली रजतपटमा प्रवेश गरेका किसानको कथा उनकै शब्दमाः

kis

मलाई सानै बाट कलाकार बन्ने शोख थियो । मैले २०५९ साल तिर एउटा म्युजिक भिडीयोमा अभिनय गर्ने मौका पाएपछी हिरो बन्ने सपनाले झन सताउन थाल्यो । त्यसपछी म काठमाडौ छिरेँ । काठमाडौमा मेरो एक जना निर्देशकसँग भेट भयो । लामो छलफल पछी उँहाले मलाई फिल्ममा लिने लगभग निश्चित जस्तै भएको थियो ।

यता, मेरो फुपुको छोराले मलाई जहीले पनि “तपाई हिरो बन्नु है, मलाई तपाईले खेलेको फिल्म हलमा गएर हेर्न मन छ” भन्थे । नेपालमा शसस्त्र द्वन्द चलिरहेको थियो । त्यसैताका एक दिन १४ बर्षे मेरो नाबालक भाई (फुपुको छोरा) लाई स्कुलबाट फर्कँदै गर्दा बिच बाटोबाट तत्कालिन राज्य पक्षबाट गिरफ्तार गरेर बेपत्ता बनाइयो र केही दिन पछी मरेको जानकारी दिइयो । परीवारमा सन्नाटा छायो । अनाहकमा गरीबको निर्दोष सन्तान मारीयो । भाईको मृत्यु पछी मैले बारम्बार एउटै सपना देख्न थाले । उ सपनामा आउथ्यो र मलाई भन्थ्यो – “दाई म मरेका छैन, तपाई खेलेको फिल्म हेर्न मन छ, प्लीज तपाई हिरो बन्नुस् है ।” सम्झदै शरीर काँपेर आउछ ।

फेरी केही समय पछी मेरो ठुलोबुबाको दुइ छोरा र एक छोरी लाई पनी त्यसैगरी मारीयो । त्यसपछी त … … !

मलाई फिल्म खेल्नै मन लागेन, फिल्म त के नेपाल बस्नै मन लागेन । अनि हिरो बन्ने सपना थाती राख्दै म विदेश (कोरीया) तिर लागे । परीवारमा परेको शोक सम्झँदा घर फर्कनै मन लाग्दैनथ्यो । तर हिरो बन्ने सपना पनि मरीसकेको थिएन । त्यहाँ हुँदा मैले थुप्रै बिदेशी फिल्महरु हेर्थेँ, कोरीयन फिल्मको सुटिङ हुने थाहा पाएपछी सुटिङ स्पटमा हेर्न जान मन लाग्थ्यो र पुग्थेँपनि । कोरीयनहरु नेपाली हिरो भनेर जिस्क्याउथे । ७-८ बर्ष कोरीया बसेपछी नेपाल फर्केँ ।

नेपालमा आएर खाली बस्ने कुरा आएन । केही त गर्नै पर्ने थियो । त्यसपछी मैले एल.आई.सी लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्न थाले, अहिले पनि त्यही काम गर्दैछु ।

यस बिचमा केही साथीहरु फिल्म बनाउ भन्दै आउनु भयो । बिदेशमा बसेको, दुइ-चार पैसा कमाएको छ, फिल्ममा लगानी गर्छ भन्ने लाग्दो रै’छ उहाँहरुलाई । तर मैले सिधै इन्कार गरे । नेपालमा चलचित्रको व्यापार धरासायी भइरहेको मलाई राम्ररी थाहा थियो । थाहा हुँदाहुँदै मैले लगानी गर्ने कुरै आएन । म पुरै साइलेन्स बसे । यसै पनि मेरो शोख कलाकार बन्ने थियो, मेकर बन्ने होइन ।

aago-2

कामको शिलशिलामा पोखरा-काठमाडौ गरीरहन पर्थ्यो । एक दिन काठमाडौमा मेरो भेट किसान पोख्रेल दाईसँग भयो । उहाँसँगको मेरो पुरानै चिनजान हो । उहाँ पुरानो फिल्म आगोको निर्माता पनि हुनुहुन्थ्यो । लामो समय पछी भएको त्यो भेटमा किसान दाईले भन्नुभयो – “के हो भाई, हिरो भएछौ त आजकल” मैले पनि जिस्कदै भन्दिए – “हिरो भएर के गर्नु दाई, हाम्लाई फिल्ममा लिनुहुन्न ।” संयोगबस किसान दाईले फिल्म बनाउँदै हुनुहुदोरहेछ । “हिरो बन्छौ त -” उँहाले भन्नुभयो । मलाई फिल्म गरीहाल्यौ जस्तो थिएन तर उहाँको प्रश्नले कताकता मलाई रोमाञ्चक पनि बनायो । स्कृप्ट हेर न त भनेर स्कृप्ट दिनुभयो । घरमा आएर स्कृप्ट पढ्न थालेँ । शिवम अधिकारीले लेखेको त्यो स्कृप्ट पढ्दा शरीर पुरै सिरीङ्ग भएर आयो । द्वन्दकालमा मैले र मेरो परीवारले झेलेको पिडाको प्रतिबिम्ब त्यो कथामा थियो । तत्कालिन द्वन्द र त्यसले बर्तमानमा पारेको प्रभाबलाई स्कृप्टमा सुक्ष्म तरीकाले केलाइएको थियो । अनि तत्कालै पोख्रेल दाईलाई फोन गरे र भने – “दाई म फिल्म गर्छु ।” उँहाले निर्देशकसँग कुरा गर्नु पर्ने भन्दै मदन दाई (मदन घिमिरे) सँग भेटाउनु भयो । निर्माताहरु अरु पनि हुनुहुदो रहेछ – किरण थापा, गुणराज राजभण्डारी र बिजय लामा । उहाँले सबै टिमसँग सल्लाह गर्नुभयो । अनि मदन दाईले अडिसन लिएपछी मलाई फिल्म खेलाउने निष्कर्षमा उँहाहरु पुग्नुभयो ।

अनि स्कृप्टमा झनै घोत्लीन थाले । कहीले सुटिङ सुरु होला र सट दिउँला जस्तो भइरहेको थियो । अन्ततः फिल्मको सुटिङ सुरु भयो । पहिलो दिन अलि नर्भस थिएँ । दोस्रो दिन १४ लाइनको डायलग बोल्नु पर्ने थियो । १४ लाइनको डायलग एकै सटमा ओके गराएपछी निर्देशक मदन दाई र क्यामारामेन सम्भु सापकोटा आएर स्याबास भन्दै अकंमाल गरेको त्यो क्षण म कहील्यै बिर्सन्न । त्यो डायलग मेरो वास्तबिक जिवनको निकट थियो, र द्वन्दकालको घटनाको पिडा भित्रको आक्रोश म मा जिवित थियो । जे होस, सबैले पहीलो कामको खुलेर तारीफ गर्नुभयो । त्यसपछी लगत्तै ‘कैफियत’ नामक फिल्म गर्ने मौका पाए । अहिले तेस्रो फिल्मको तयारी भैरहेको छ, सायद तिहार पछी फ्लोर ज्वइन गछौ होला । पहिलो फिल्म ‘आगो २’ को प्रोमो र गित सार्वजनिक भएपछी सबैको राम्रो प्रतिक्रिया पाइरहेको छु । थप उर्जा मिलेको छ ।

तपाईलाई विश्वास नलाग्ला, तर ‘आगो २’ को सुटिङ सुरु भएदेखी मैले ‘हिरो बन्नुस, म मरेको छैन’ भन्दै सपनामा आउने मेरो भाईलाई त्यसयता एक पटक पनि सपनामा देखेको छैन । मैले फिल्म त खेले तर मेरो भाईको मलाई सिनेमाको पर्दामा हेर्ने रहर पुरा हुन सकेन । साह्रै दुःख लागेर आउँछ ।

अब विदेश जान्न । दैनिक जिम गइरहेको छु । आफुलाई मेन्टेन गरीरहेको छु । यद्मपी, विगतको तितो यथार्थले बारम्बार तर्साईरहन्छ । राम्रो कलाकार बन्ने सोच छ । यही क्षेत्रमा मेहनत गर्छु निरन्तरता दिन्छु ।

प्रस्तुतीः अपिल त्रिपाठी

 

 

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu